छ वर्षीया युट्युव स्टारले जोडिन् ८८ करोडको सम्पत्ति

जनपत्र
११ श्रावण २०७६, शनिबार ०६:४८

दक्षिण कोरियाकी छ वर्षीया बालिकाले ८८ करोेड रुपैयाँ बराबरको सम्पत्ति जोडेकी छिन् । युट्युबमा तीन करोड सब्सक्राइबरकी बोरमले ८० करोड डलर मूल्य पर्ने भवन सिउलमा खरिद गरेकी हुन् ।

बोरम परिवारको कम्पनिले खरिदको व्यवस्था गरेको हो । बोरमसँग दुई लोकप्रीय युट्युब एकाउन्ट छ । जसमध्ये टोय रिभ्यु र भिडियो ब्लक छन् । दुवै एकाउन्ट निकै लोकप्रीय छन् ।

बोरम बेला बेलामा विवादमा पनि आउने गरेकी छिन् । उनको भिडियोले केटाकेटीको मस्तिष्कमा नकारात्मक सोच विकास गर्ने भन्दै सेल दी चिल्ड्रेनले समेत प्रहरीमा उजूरी दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*