विदेश भ्रमण र पढ्न जाने नेपालीले ६ महिनामै साढे ५१ अर्ब रुपैयाँ खर्च गरे

जनपत्र
२४ माघ २०७९, मंगलवार १४:४३

काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् ।  भ्रमणका लागि १६ अर्ब नाै करोड र शिक्षाका लागि ३५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको हो ।

अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालीले विदेशमा साढे ३२ अर्ब रुपैयाँ खर्च गरेकामा शिक्षातर्फ १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।

छ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५८ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै भ्रमण व्ययसँगै आय पनि बढेको छ । छ महिनामा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च १ सय ६ दशमलव ९ प्रतिशतले बढेर २८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा विदेशीले नेपालमा १२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*