सरकारले विभिन्न आयाेजनाका लागि ९८९ अस्थायी कर्मचारी भर्ना गर्ने

जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०६:१७

विभिन्न आयोजना सञ्चालनका लागि सरकारले ९८९ जना अस्थायी कर्मचारी भर्ना गर्ने भएकाे छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गाेकुलप्रसाद बाँस्काेटाले सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयाेजनाका लागि अस्थायी दरबन्दी खुलाउने निर्णय भएकाे जानकारी दिनुभयाे ।

विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको उहाँले बताउनुभयाे । खानेपानी मन्त्रालयका लागि २१३ जना, वन तथा वातावरण मन्त्रालयका लागि ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ७२६ जना अस्थायी कर्मचारीकाे दरबन्दी खुलाउने निर्णय गरिएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*