हेटौंडाको बसपार्क क्षेत्रमा प्रशोधित खानेपानी योजना

हेटौंडा । हेटौंडा १० बसपार्क क्षेत्रमा निशुल्क रुपमा प्रशोधित खानेपानी बितरण गर्ने उदेस्यले काम सुरु गरिएको छ । खानेपानी आयोजनाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्यास गर्नुभयो । सत्यसाई केन्द्र प्रदेश समितिको आयोजनामा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड, सत्यसाइ सेवा संगठन नेपालको सहकार्यमा निशुल्क प्रशोधित खानेपानी योजना निर्माण गर्न सुरु गरिएको हो ।
योजनाको शिलान्यास गर्दै मेयर महतले शुद्ध खानेपानी वसपार्कका वासिन्दालाई खुवाउन सहयोग पु¥याउनुपर्ने बताउनुभयो । खानेपानी योजना सम्पन्न गर्नका लागि २१ लाख रुपैयाँ सहयोग गरिएको छ । यसबाट बसपार्क क्षेत्रका वासिन्दाहरु लाभान्वीत हुनेछन् ।