बेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०८:०७

 बैतडीमा असार १८ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ। बैतडीको दोगडाकेदार २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी उनको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए। कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको प्रवक्ता पातलीले बताए। ‘स्थानीय महिलाले खबर गरेपछि हामी घटनास्थलमा पुग्यौं। बालिकाको शवको केही अस्थीपञ्जर मात्रै भेटिएका छन्।’, उनले भने ‘कसैले हत्या भएको हो कि अन्य कारणले मृत्यु भएको हो भन्ने केही खुलेको छैन। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं।’

शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ। कलावतीका बुवा ५८ बर्षीय खडक सार्की मजदुरी गर्दै आएका छन्। खडकका अनुसार बालिकालाई असार १८ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी हुन्। बालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास तीव्र बनाएपनि फेला पार्न सकेको थिएन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*