गुल्मी पहिराे : घाइते बाेकेर फर्कियाे परराष्ट्र मन्त्रीसहितकाे टाेली

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०७:५६

सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा सोमबार राति पहिरोबाट विस्थापित भएका परिवारको अवस्था बुझ्न गएकाे परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीकाे टाेली घाइते लिएर  काठमाण्डाै फर्किएकाे छ ।

सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । काठमाण्डाैकाे त्रिवि शिक्षण अस्पतालमा दुवै जनाकाे उपचार भैरहेकाे छ ।

मन्त्री ज्ञवालीले पहिरो पीडित परिवारसँग उनीहरुको अवस्था र समस्याको बारेमा जानकारी लिँदै पीडित परिवारका लागि सरकारको तर्फबाट उपलब्ध हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*