झापामा दुई समूहबीच छुरा हानाहान, १ को ज्यान गयाे, २ घाइते

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०७:५२

झापाको दमकमा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घााइते भएका छन् । बुधबार दमक १ दुर्गा मन्दिर पछाडि भृकुटी टोलमा छुरा हानाहान हुँदा दमक नगरपालिका २ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको हो । छुरा प्रहारबाट सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक ३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार भण्डारीको ढाँडमा गहिरो चोट लागेको छ । अहिले उनको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ । भुजेलको भने दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमाथि इलाम चुलाचुलीस्थित पेल्टीमारी घर भई दमक १ हवल्दार चोकमा बस्ने कुसल मगर, दमक १ कै अभिषेक राईलगायत युवकहरुले छुरा प्रहार गरेको डीएसपी श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*