गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाएका १२ जनाको शव निकालियो, अझै एक जना बेपत्ता

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०७:४७

सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् । पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डाैमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*