दोर्दी बाढी अपडेट : बगेका २ को सनाखत, वेपत्ताको खोजी जारी

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०७:४५

लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् । सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश हेल्पर थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले जानकारी दिए । बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् । बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*