गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

जनपत्र
८ श्रावण २०७६, बुधबार १८:३३

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर–३, ठूलो लुम्पेकमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पहिरोमा हराइरहेका चारजनामध्ये दुई जनाको बुधबार शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । बुधबार ठूलो लुम्पेक वडा नम्बर ३ की १६ वर्षीया बबी विक र लिम्घाका ४ वर्षीय सुमन विकको शव भेटिएको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा जीवितै भेटिएका माया विक र तारा विकलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाण्डौ  लागिएको छ । राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चढेको सेनाको  हेलिकोप्टरमार्फत उनीहरुलाई काठमाण्डौ लगेकाे हो ।

यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री पुर्‍याइएको छ । पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्याएको हो ।  पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्याएको हो । पानी परेपछि पहिरो प्रभावितलाई राहत बाँड्न हिँडेको परराष्ट्र मन्त्री ज्ञवालीसहितको टोली बिहानदेखि पोखरामा रोकिएको थियो ।

यस्तै पहिरोमा परि त्यस ठाउँमा चार सय भन्दा धेरै पशु चौपाय मरेकाले मरेका चौपाय व्यवस्थापन गर्न पनि समस्या भएको छ ।

प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

सत्यवती गाउँपालिकाले सडक सुचारु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।उज्यालोबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*