पर्सामा बाढी : १६२ घरमा पूर्ण क्षति, चार हजार बढी प्रभावित

अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङक अनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् ।