बाढीले कर्णाली राजमार्गको सडकखण्ड अवरूद्ध

जनपत्र
८ श्रावण २०७६, बुधबार १६:२५

मंगलबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत तल्लो डुंगेश्वर–सियाकोट सडकखण्ड अवरूद्ध भएको छ।

वर्षासँगै रतिखोलामा आएको बाढीका कारण सडकको तल्लो भाग भासिएकाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार सडक सुचारु गर्न अझ कम्तीमा २४ घण्टा लाग्न सक्छ।

‘सडकको तल्लो भाग भासिएकाले सियाकोट र तल्लो डुंगेश्वरबीचको भाग बन्द छ,’ पोखरेलले भने, ‘सडक खुलाउने काम भइरहेको छ,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*