५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

जनपत्र
८ श्रावण २०७६, बुधबार ०७:३५

डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*