दुई दिनपछि मनसुन फेरि सक्रिय हुने

जनपत्र
६ श्रावण २०७६, सोमबार ०६:४३

देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने र मध्यपूर्वमा भने आज राति ठूलो वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अबको दुई दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस अघिको पानीले जमिन भिजिसकेकाले अब फेरि पर्ने वर्षाले पहाडी क्षेत्रमा पहिरोको खतरा हुने महाशाखाकाे पूर्वानुमान छ । असार २६ गतेदेखि लगातार केही दिन परेको पानीले तराईका धेरैजसो क्षेत्र डुबानमा परेको थिए भने पहाडी क्षेत्रमा पहिरोकाे समस्या पनि देखिएका थिए ।

बाढी पहिरो र डुबानमा परी ९० जनाले ज्यान गुमाइसकेका छन् भने सयाैँ घर परिवार विस्थापित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*