प्रयोगमै नरहेको यो पुलले गर्‍यो सरकारको ‘बदनामी’, भत्काउन निर्देशन

जनपत्र
५ श्रावण २०७६, आईतवार ०६:२५

जिल्लाको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको काठ र जालीको जोखिमयुक्त पुल भत्काइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले चासो राखेपछि कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त प्रयोगविहीन पुल भत्काउन प्रहरीलाई निर्देशन दिएका हुन्।

लामो समयदेखि फलामको लठ्ठामा काठ र जाली जोडेर निकै जोखिमयुक्त पुलमा स्थानीयहरू  आवतजावत गर्दै आएकोमा गत वर्ष उक्त ठाउँमा नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएको थियो। तर तुइनसँग तुलना गरेर पुरानै पुलको फोटो सामाजिक सञ्चालमा चर्चामा आएपछि पुलको विषयमा प्रधानमन्त्री सचिवालयले चासो देखाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई टेलिफोन गरी पुलको अवस्था बुझेका थिए। ‘सरकारको बदनाम गर्न फोटो प्रयोग भएको’ भन्दै प्रयोगविहीन पुरानो पुल भत्काउन प्रहरीलाई निर्देशन दिइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*