दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या

भारतको दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठाउँमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
बाजुराकी ती बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ ।
बालिकाको बलात्कार प्रयासपछि हत्या भएको हुनसक्ने सीए अभानेस्ववियु अध्यक्ष सुधन महतले बताए । ‘घटनास्थलमा हामी पुग्दा र त्यहाँ रहेका विधायक नितिन त्यागी, एसएचओ सन्जिव शर्मासँग कुराकानी गर्दा उहाँहरुले कानुनतः हुने कारबाहीमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिनुभएको छ’, महतले बताए।
दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश अधिकारीले दोषीमाथि कारबाहीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिए ।
आरोपी सोनुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमाटमको लागि अस्पताल पठाइएको छ।