परमाणु बमले पनि असर नपार्ने यो हो दुनियाकै सुरक्षित घर

आफ्नो घर सुरक्षित राख्ने चाहना कसको पो हुँदैन र ? यहाँ विश्वकै सबैभन्दा सुरक्षित घरको बारेमा चर्चा गरिँदैछ जसलाई परमाणु बलमे पनि कुनै असर पार्दैन । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई हैरान पारिदियो ।
जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्दछ । त्यो पनि घरको मालिकले चाहेमा मात्र । कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल पनि छ । यद्यपि यो स्विमिङ्ग पुललाई छोप्न सकिँदैन । कंक्रिटका अलावा धातुको शटरले यो घरलाई अझै बढी सुरक्षित बनाएको छ । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर पादैन ।
एजेन्सीको सहयोगमा