खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु

जनपत्र
४ श्रावण २०७६, शनिबार १६:१६

खाल्डोमा जमेको पानीमा डुबेर रौतहट र सर्लाहीमा गरी तीन जना बालबालिकाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारीको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा परेको अनुमान गरिएको छ।सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित एक पोखरीमा डुबेर १२ वर्षिय पवन महतोको मृत्यु भएको छ। नुहाउन गएका महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*