हेटौंडाको कर्रा र राप्तिखोला सरसफाईसंगै हरियाली बनाइदै

जनपत्र
४ श्रावण २०७६, शनिबार १५:०६

हेटौंडा । हेटौंडाको कर्रा खोला र राप्तिखोला सरसफाईको काम संगै हरियाली बनाइने भएको छ । दुवै खालोमा गाडी धुने, पौडि खेल्ने, गाई, भैसी चराउने, वालुवा धुने लगायतका काम हुँदै आएका छन् । तर, अव कर्रा खोला र राप्तिखोला करिडोर सरसफाई संगै थप सुन्दर बनाइने भएको छ ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय मकवानपुर मार्फत काम गर्न लागेको हो । सरसफाईको काम संगै दुवै खोलालाई हरियालीको रुपमा विकास गरिने भएको हो । दुवै खोलाको करिडोर संगै हरियाली बनाउने, वस्ती संरक्षण गर्ने, सुकुम्वासीको अतिक्रमण रोक्ने गरी काम गर्न लागिएको डिभिजन वन कार्यालय मकवापनुरका सहायक वन अधिकृत अच्युत लामिछानेले बताउनुभयो ।

बिशेषगरी बाँसका बिरुवा रोप्ने र बगैचा पनि निर्माण गर्ने त्यसले गर्दा सरसफाई हुने भएकाले त्यस तर्फ जोड दिइएको उहाँले बताउनुभयो । यो कामका लागि प्रदेश सरकार मार्फत दश लाख रुपैयाँका दरले २० लाख रुपैयाँका काम गर्ने तयारी गरिएको लामिछानेले बताउनुभयो । चालु आर्थिक वर्ष भरीमा यो काम सकिसक्ने योजना छ । दुवैको सरसफाई संगै घुम्न लायक क्षेत्रको रुपमा विकास गर्ने योजान बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*