लुम्बिनीमा बुद्धका मूर्ति तोडफोड

अज्ञात समूहले लुम्बिनी क्षेत्रमा बुद्धका मूर्ति तोडफोड गरेको छ। बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति बुधबार राति तोडफोड गरिएको हो। नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ।