अपहरणमा परेको नाटक गरेर फरार व्यापारी जोगीको भेषमा पक्राउ

जनपत्र
३ श्रावण २०७६, शुक्रबार ०६:१९

व्यवसायमा घाटा लागेपछि अपहरण परेको नाटक गरी बेपत्ता भएका रौतहटका एक जना व्यापारी जोगीको भेषमा पक्राउ परेका छन्। हराएको दुई महिनापछि ती व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो। रौतहटको कटहरिया नगरपालिका ७ बगही बस्ने भगवान साहलाइ साढे दुई महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको हो। गत बैशाख १७ गते बेपत्ता भएका साह जोगीको भेषमा पहेँलो वस्त्रधारण गरेर भारतको मुम्बई, हरिद्वार लगायतका स्थानमा लुकेर बस्दै आएका थिए। सोही अवस्थामा उनलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ। ती व्यापारीलाई रुपन्देही जिल्लाको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। साहलाई पक्राउ गर्न एक महिनादेखि भारतका विभिन्न स्थानमा रौतहटका दुई जना प्रहरी परिचालित रहँदै आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*