नेपालका शिशुलाई ‘जङ्क फुड’ दिँदा पौष्टिक आहार पुगेन !

जनपत्र
३ श्रावण २०७६, शुक्रबार ०६:०४

दुईवर्ष भन्दा कम उमेरका नेपाली शिशुहरुले आफूलाई चाहिने क्यालोरीको एक चौथाइ हिस्सा ‘जंक फुड’बाट प्राप्त गरिरहेको एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।   बिस्कुट, क्रिस्प, इन्स्टान्ट नुडल्स र गुलिया पेय पदार्थले भिटामिन, मिनरल्स र अन्य महत्वपूर्ण पौष्टिक पदार्थबाट शिशुलाई बञ्चित गर्ने काम गरेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ । जबकि उनीहरुलाई पौष्टिक पदार्थ अत्यावश्यक हुन्छ ।

न्यूट्रिसन नामक जर्नलमा सो अनुसन्धान रिपोर्ट प्रकाशित भएको छ । प्रतिवेदनमा २१ औं शताब्दीको ‘जंक फुड’ डाइट अहिले विश्वभरी नै फैलिँदै गएको जनाउँदै त्यसले मोटोपना बढाउनुका साथै शिशुको बृद्धिमा पनि असर गरिरहेको जनाइएको छ ।  यो सम्बन्धी अध्ययन काठमाडौं उपत्यकामा गरिएको र सो अनुसन्धानमा ७४५ जना बालबालिकाका अभिभावक संलग्न रहेको जनाइएको छ । ती बालबालिका १२ देखि २३ महिनाको बीचका भएको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*