जवरजस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ

जनपत्र
३ श्रावण २०७६, शुक्रबार ०६:०१

जवरजस्ती करणी गरेको आरोपमा नेपाली सेनाका एकजना लेखापाल पक्राउ परेका छन् । गएको असारमा बारा सिमराकी एक किशोरीलाई पथलैयाको संगालो होटलमा जवरजस्ती करणी गरेको घटनामा मकवानपुर घर भइ वीरगञ्जस्थित नेपाली सेनाको चण्डीगणमा कार्यरत लेखापाल दुर्गा तिम्सिना पक्राउ परेका हुन् । जवरजस्ती करणी मुद्दामा संलग्न रहेको आरोप लागेपछि उनी फरार रहँदै आएको थियो । घटनाको अनुसन्धान गर्दैजाँदा वीरगन्जस्थित नेपाली सेनाको चण्डीगणमा कार्यरत लेखापाल तिम्सिनाको पनि संलग्नता रहेको सूचना पाएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको भए पनि बिहीबार उनलाई सार्वजनिक गरिएको हो । थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए । घटना बारामा भएकाले पक्राउ गरी ईप्रका सिमरा पठाइएको उनले बताए ।

गएको असार २७ गते पथलैयास्थित होटल संगालोमा जवरजस्ती करणीको शिकार भएकी सिमराकी एक १७ वर्षीय किशोरी अचेत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्दै जाँदा नेपाली सेनाका लेखापाल तिम्सिनाको समेत संलग्नता देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । यो घटनामा केही अभियुक्तलाई प्रहरीले पहिले नै नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक वीरेन्द्र कुमार ठाकुरले बताए । अनुसन्धानका क्रममा दोषी देखिए तिम्सिनालाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*