बूढो देखाउने फेस एपको फन्डा के हो? केही नोक्सान त गर्दैन यसले?

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०६:२९

अहिले फेसबुक हेरिसाध्य छैन। जाे पनि बूढा वा बूढी देखिएका छन्। अकस्मात् समय फास्ट भएको हैन न तपाईँ टाइम मेसिन चढेर भविष्यमा पुग्नु भएकै हो। फेस एप नामको एउटा एप भाइरल भएपछि र सेलिब्रिटीहरुले त्यो चलाउन थालेपछि विदेश हुँदै हाम्रोमा पनि यो बूढो फोटो भाइरल हुन थालेको हो। खासमा दुई वर्षअघि नै एक पटक भाइरल भइसकेको हो यो एप। अहिले फेरि भाइरल भएसँगै प्राइभेसीका विभिन्न चासो पनि उठेका छन्। यसबारे जान्नै पर्ने केही कुरा।

के तपाईँको फोटो यसले चोर्छ? तपाईँका सबै फोटोहरु चोरेर कतै अपलोड गर्छ?

एक जना एप डेभलपरले तपाईँलाई थाहै नदिई फेसएपले तपाईँका फोटोहरु अपलोड गर्छ भनेर ट्विटे। यस्तो सुनेपछि को आत्तिँदैन?

साँच्चै यस्तो हो त? फोर्ब्समा प्रकाशित समाचार अनुसार इलियट एल्डरसन नामले परिचित सेक्युरिटी रिसर्चरले एप डाउनलोड गरेर हेरे- फोटो कता पठाउने रहेछ यो एपले। उनले पत्ता लगाए अनुसार यो एपले सबमिट गरेका फोटोहरु मात्र लिने रहेछ, हल्ला भए जस्तो सबै फोटो थाहै नदिई अरुतिर ट्रान्सफर गर्ने हैन।

टेकक्रन्चले पनि हल्ला भए जस्तो आफूहरुले नपाएको उल्लेख गरेको छ।

यो एप रसियाका डेभलपरले बनाएको भएर पनि इस्यु भइरहेको छ। तर यी फ्रेन्च एक्सपर्टका अनुसार फोटोहरु रसियाको सर्भरमा हैन अमेरिकाकै सर्भरमा पठाइन्छन्।
तर के नगर्नुपर्ने काम गरिन्छ त?

एक्सपर्टहरुका अनुसार खासमा फोटोलाई तपाईँकै डिभाइसमा प्रोसेर गरे पनि हुने हो। तर त्यसो नगरी यसले फोटोहरुलाई बाहिरको सर्भरमा पठाउँछ। यसो गर्न किन जरुरी भयो, उल्लेख छैन। सेक्युरिटी रिसर्चरहरुले यो विषयमा चासो देखाएका छन्। एप बनाउने रसियाली Yaroslav Goncharov ले यसबारे केही भनेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*