पोखरामा भेटियो ‘पेन गन’, लागूऔषध कारोबारी पक्राउ

कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनले रानाभाटको कोठाबाट थुप्रै लागुऔषध पनि बरामद भएको जानकारी दिए । प्रहरीले रानाभाटको डेराबाट ६० वटा फेनेरागन, ब्रुफिन ६० वटा, डाइजेपाम ६० वटा, नाइट्रोसन १५ चक्की बरामद गरेको छ ।
रानाभाट कक्षा १२ का विद्यार्थी समेत हुन् ।