जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने

जनपत्र
३१ असार २०७६, मंगलवार १८:१६

हेटौंडा । जिल्ला विपद् व्यावस्थापन समिति मकवापनुरको बैठकले मानविय क्षेति भएका घर परिवारका लागि तत्काल राहत रकम उपलब्ध गराउने निणय गरेको छ । जिल्ला विपद् व्यावस्थापन समिति मकवापनुरका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज बसेको बैठकले प्रकोपमा परी घाइते परिवारका सदस्यहरुलाई सरकारी अस्पतालका विल सहित भुक्तानी लिन आउन अनुरोध गर्ने निणय पनि गरिएको छ । घरवास नै क्षति भएको परिवारका हकमा क्षेत्रीय आपतकालीन सञ्चालन केन्द्र मार्फत टेण्ड, त्रिपाल लगायत बन्दोवस्तीका सामग्री वितरण गर्ने निणय गरिएको प्रजिअ तामाङले बताउनुभयो ।

वर्षाका कारण अझ विपद्का घटना बाढी, पहिरो र सडक मार्गहरु अवरुद्ध हुन सक्ने भएकोले सबै सुरक्षा निकायहरुसँग उपलब्ध श्रोत सहित उच्च सतर्क अवस्थामा रहने निणय गरिएको छ । वर्षाका कारण बाढी, पहिरोहरु आई भएको क्षतिको राहत तथा उद्दारका लागि सहयोग उपलब्ध गराउन प्रदेश सरकार, स्थानीय सरकार, नेपाल रेडक्रस सोसाईटी तथा सरकारी÷गैरसरकारी संस्थाहरुलाई अनुरोध गरिने भएको छ ।
पूर्व–पश्चिम लोक मार्ग, त्रिभुवन लोकपथ, कान्ति लोकपथ, कुलेखानी–सिस्नेरी, कुलेखानी–फाखेल लगायतका सडक मार्गहरुमा भएका र हुन सक्ने अवरोध तत्काल हटाउन हेभि इक्यूपमेण्ट डिभिजन र सडक डिभिजन कार्यालय, हेटौंडालाई चालक र इन्धन सहित परिचालन गरिने भएको हो । खानेपानी सहज व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई डिभिजन नं.१, हेटौंडा, मकवानपुर र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिने निणय गरिएको छ ।

विद्युतको नियमित आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई निर्देशन दिने, जिल्लाको राप्ती नदी, कर्रा खोला, बागमती नदी र बकैया खोला लगायतका तटिय क्षेत्रहरुमा डुवान र बाढी आएकोले आगामी दिनहरुमा पनि डुवान÷कटान तथा बाढी आउने सक्ने भएकोले सो क्षेत्रका उपमहानगरपालिका, गाउँपालिका एवं स्थानीय नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ । जिल्लामा पर्न सकने विपद्लाई व्यवस्थित गरी आवश्यक उपकरण जिल्ला आपतकालीन सञ्चालन केन्द्र (म्भ्इऋ) स्थापना गरी सञ्चालन गर्नका लागि नेपाल सरकार गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अनुरोध गर्ने निणय गरिएको प्रजिअ तामाङले बताउनुभयो ।

बाढी पश्चात हुन सकने महामारी फैलन रोक्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत सबै स्वास्थ संस्थाहरुलाई प्राथमिक उपचार सामग्री सहित स्थानीय स्तरमा परिचालित हुन निर्देशन दिने, वर्षाका कारण भएका क्षेतिको विवरण संकलन र आद्यवधिक गर्न ३ दिन भित्र सवै पालिकाहरुमा अनुरोध गर्ने, जोखिमयुक्त वस्ती स्थानान्तरण गर्नु पर्ने भएमा सबै पालिकाहरुमा सोको विवरण माग गर्ने, बाढी, पहिरो, कटान तथा डुबानबाट निर्माण हुँदै गरेका तर पूरा सम्पन्न नभएका भौतिक संरचनाहरुमा भएको क्षतिका सन्दर्भमा विवरण एकिन गरी अर्को बैठकमा पेश गर्ने लगायतका निणय गरिएको छ ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, तीन वटै सुरक्षा निकायका प्रमुखहरु, मकवापनुरका सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*