मेघ गर्जनसहित वर्षा

देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । ३० असारको विहान भारी पूर्वी तथा मध्यक्षेत्रका अधिकांश स्थानहरुमा भारी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य तराईमा मनसुनी बादल विकसित हुँदै गरेको जनाएको छ । त्यस क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसअघि शुक्रबार र शनिबार अविरल वर्षाले देशभर क्षति पुर्याएको थियो । वर्षाले बाढी र पहिरोको समस्या बढेपछि जनजीवन प्रभावित भएको थियो ।