‘सानो मन’ लाई दर्शक प्रतिक्रिया राम्रो

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । प्रदर्शनको अघिल्लो दिन (बिहीबार) राजधानीमा भएको प्रिमियरमा तारिफ बटुलेको यो फिल्मलाई दर्शकले उत्कृष्ट बताएको निर्देशक सुयोग गुरुङ्गको भनाई छ । फिल्मको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले राम्रो भनेका छन् ।
केही दिनयता निरन्तर रुपमा परेको पानीका कारण शुक्रबार फिल्मको व्यापारमा ठूलो असर पुगेको थियो । दर्शकको खासै राम्रो साथ पाउन सकेको थिएन । शनिबार भने मौसमले साथ दिँदा फिल्म बिहानैदेखि देशभर हाउसफुल रहेको निर्देशक गुरुङ्ग बताउँछन् । उनका अनुसार, शुक्रबारको अनुपातमा शनिबार दर्शकको संख्या ह्वात्तै वृद्धि भएको थियो । आइतबारबाट ‘वर्ड अफ माउथ’ ले दर्शक अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ ।