देशभर वर्षा, पश्चिममा हावाहुरी

देशभर पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २७ असारको साँझ गरेको अनुमान अनुसार पश्चिम नेपालमा हावाहुरीको सम्भावना छ ।
देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केही स्थानहरुमा र पश्चिमी पहाड तथा तराइृका भू-भागका केही स्थानहरमा भारी वर्षाको अनुमान गरिएको छ ।