कुटेर श्रीमानले गरे श्रीमतीको हत्या

जनपत्र
२६ असार २०७६, बिहीबार १६:१०

पालगञ्जका शिवकुमार लोधले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् । नेपालगञ्ज–२, घरबारीटोलका शिवकुमारले छोरा स्कूल गएको मौका पारेर श्रीमती ललिताकुमारी लोधको हत्या गरेका हुन् । शिवकुमारले कुटपिट गरेर हत्या गरेपछि श्रीमतीको शव ड्रममा राखेका थिए । छोरा अमनले स्कूलबाट आएपछि आमालाई नदेखेपछि सोधीखोजी गर्दा ड्रममा देखेको बताएका छन् ।

छोराका अमनका अनुसार, बुवा शिवकुमार र आमा ललिताबिच झगडा भइरहन्थ्यो । प्रहरीले शिवकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार, शिवकुमारले श्रीमती ललितालाई पासविक तरिकाले हत्या गरेको देखिन्छ । मृतकको शरीरमा चोटैचोट रहेको छ । पानीमा समेत डुबाएर, कुटपिट र यातना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*