पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:४४

भक्तपुर प्रहरीले बुधबार साँझ सूर्यविनायक नगरपालिका ८ नैचालस्थित पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्धार गरेको छ। स्थानीय ४५ वर्षीया सुनमाया तामाङ घाँस काटी फर्कने क्रममा नैचालमा आएको पहिरोमा पुरिएकी थिइन्।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भन्ज्याङबाट आशापुरी जोडिने नयाँ सडकमा पहिरो आएको थियो। उक्त पहिरोमा तामाङ पुरिएको जानकारी प्राप्त हुनासाथ महानगरीय अस्थायी प्रहरी पोस्ट आशापुरीबाट प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक शिवशरण लुबञ्जार नेतृत्वमा गएको प्रहरी टोलीले तामाङको जीवित उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल पुर्‍याइएको उनले बताए। उनका अनुसार पहिरोबाट उद्धार गरिएका तामाङको अवस्था सामान्य रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*