छोराद्वारा सौतेनी आमाको हत्या

जनपत्र
२५ असार २०७६, बुधबार ०६:२०

वीरगन्जमा एक युवाले सौतेनी आमाको हत्या गरेका छ्न्। वीरगञ्ज महानगरपालिका–२४ रामगढवाको नयाँवस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्‍डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुड्डुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्‍डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*