पर्खालले च्यापिएर बालिकाको मृत्यु

रोल्पा– सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चीकोटमा आज पर्खालले च्यापिएर एक बालिकाको मृत्यु भएको छ।
घर नजीकैको पर्खाल भत्किँदा दुई वर्षीया समीक्षा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई दिनदेखिको वर्षाका कारण पर्खाल भत्किएको हो।