नेकपाको प्रतिबद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता

जनपत्र
२५ असार २०७६, बुधबार ०६:०८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको आग्रहपछि नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको महासंघले मंगलबार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीसँग वार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

कानूनमन्त्री भानुभक्त ढकालसमेत उपस्थित नेकपा संसदीय दलसँगको वार्तामा महासंघले उठाएका सबै सरोकार संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता आएकाले तेस्रो चरणका कार्यक्रम फिर्ता लिएर आन्दोलन स्थगित गरिएको अध्यक्ष गोविन्द आचार्यले बताए ।

सत्तारुढ नेकपाका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले वार्तापछि महासंघ अध्यक्षलाई सम्बोधन गरी ३ बुँदे पत्र पठाएका थिए । त्यसमा मिडिया काउन्सिल विधेयकको सम्बन्धमा महासंघलगायतले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्थालगायत उठाएको चासोर सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*