प्रदेश ३ मा शान्ति पार्क निर्माण गर्न १० करोड

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा ४ बर्षमा शान्ति पार्क निर्माण गरिसक्ने सरकारको लक्ष ।
जनपत्र
२३ असार २०७६, सोमबार ०७:४१

हेटौंडा । प्रदेश नम्बर–३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्यक स्थानीय तहमा पर्यटकिय स्थलको रुपमा बिकाश गर्दै शान्तिपार्क निर्माण गर्ने भएको छ । २०७९ साल सम्ममा प्रदेशका एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने उदेस्यले आउँदो आर्थिक वर्ष २०७६–०७७ बाट काम सुरु गर्न लागिएको हो ।

शान्तिपार्क निर्माण गर्नका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि मात्र दश करोड रुपैयाँ बजेट छुट्याइएको प्रदेश ३ का आन्तिरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो । आवस्यक्ताका आधारमा शान्तिपार्क निर्माणको काम सुरु गरिने उहाँले बताउनुभयो । स्थानीय तहसंगको साझेदारीमा शान्तिपार्क निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशको आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट शान्तिपार्क निर्माणका लागि रकम छुट्याएर काम गर्ने तयारी थालिएको हो ।

स्थानीय तह संग पहिले प्रस्ताव माग्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने तयारी छ । शान्तिपार्क निर्माणका लागि कार्यबिधि बनाएर काम गर्न लागिएको जानकारी दिदै मन्त्री जमकट्टेल भन्नुहुन्छ–‘अहिले बजार क्षेत्र घरैघरले निकै साघुरो हुन थाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन । त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका हौं ।’ शान्तिपार्क निर्माणका लागि स्थानीय तहले पनि बजेट खर्च गर्ने र प्रदेश सरकारले पनि रकम सहयोग गर्नेगरी शान्तिपार्क निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*