भारतीय तरकारी तथा फलफूलको अब आठ ठाउँमा विषादी परीक्षण

जनपत्र
२३ असार २०७६, सोमबार ०७:०७

भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षण नगरी आयात गर्न दिने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेका बेला सरकारले आठ ठाउँमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी गरेको छ । पूर्वाधार तयार नगरी विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले भारतको दबाब पछि तयारी नपुगेको भन्दै निर्णय फिर्ता लिएको थियो ।

गत विहीबार मन्त्रिपरिषद् बैठकले परीक्षण नगरी तरकारी तथा फलफुल आयात गर्न अनुमति दिने निर्णय गरेको हो । यसअघि मुलुकका आठ ठाउँमा विषादी परीक्षण हुँदै आएकोमा भारत र चीनसँगका भन्सार विन्दुमा विषादी परीक्षण नगरी तरकारी तथा फलफुल आयात हुँदै आएको छ । नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*