३ महिनाभित्र ‘खुला दिसामुक्त देश’ घोषणा गरिने

जनपत्र
२३ असार २०७६, सोमबार ०७:०२

खानेपानी मन्त्रालयले आगामी तीन महिना (१३ असोज) भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा संचालन गर्ने उल्लेख थियो । खानेपानी मन्त्रालयका सचिव तथा निर्देशन समितिका अध्यक्ष दीपेन्द्रनाथ शर्माका अनुसार अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसकेका गाउँ, नगर, उपमहानगर र नगरपालिकाले आगामी १३ असोजसम्म आ-आफ्नो क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिइएको छ । समितिको १३ असारमा बसेको बैठकले स्थानीय तहहरुलाई यस अभियानमा सक्रिय गराउने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*