भदौदेखि पाइपलाईनबाटै तेल

मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ। पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ। अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा वीरगञ्जबाट पवन यादवले लेखेका छन्।
भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्यधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ।