प्रदेश ३ का सांसदलाई बिदेश घुम्न २० लाख
हेटौंडा । प्रदेश नम्बर –३ का सांसदहरुलाई बैदेशिक भ्रमणका लागि जनताबाट उठाईएको करको ठुलो रकम छुट्याइएको छ । प्रदेश सभाका सदस्यहरुलाई आउँदो आर्थिक वर्षमा बैदेशिक भ्रमणका लागि मात्र २० लाख रुपैयाँ रकम छुट्याइएको हो ।
चालु आर्थिक वर्षमा कुनैपनि सांसदलाई बैदेशिक भ्रमणका लागि रकम नछुट्याएको थिएन । तर, आउँदो वर्षका लागि जनतको करबाट संकलन भएको रकम छुट्याइएको पाइएको छ ।
प्रदेश सभा सचिवालयको खर्च शिर्षक नम्बर २२ हजार ५ सय २२ बाट रकम छुट्याएर बैदेशिक भ्रमणमा जान लागिएको हो । यो शिर्षकको बजेट पास र्भसंगै सांसदहरुलाई साउन महिनाबाट बिदेश भ्रमण जान सरकारी रकम खर्च गरेर जानका लागि बाटो खुल्ला हुने छ ।
यो रकमबाट पहुँच भएका, सरकारको नजिक र संसदमा पनि पहुँच भएका सांसदहरु बैदेशिक भ्रमणमा जानका लागि रकम छुट्याएको एक सांसदले बताएका छन् । तर, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले भने यसअघिका वर्षमा सांसदहरुलाई बैदेशिक भ्रमणमा रकम नदिएपनि आउँदो आर्थिक वर्षमा भ्रमणका लागि रकम छुट्याएको स्वीकार गर्नुभयो ।
प्रदेश सभाका सदस्यहरु आफु खुसी घुम्न जानका लागि यो रकम छुट्याएको नभइकन प्रदेशको कामका लागि बिदेश जानेहरुलाई मात्र २० लाख रकम खर्च गरिने सभामुख श्रेष्ठले बताउनुभो । प्रदेश सभामा स्वीकृति लिएर काम बिशेषले जान लागेकालाई मात्र खर्च गर्न सकने भएको उहाँले बताउनुभयो ।