साबा बास्केटबल : श्रीलंकाले उपाधि रक्षा गर्दा नेपाल फेरि दोस्रो
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । सिंगल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिताको आफ्नो अन्तिम खेलमा बुधबार आयोजक माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको हो ।
सन् २०१६ को पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा घरेलु टोली नेपाल दोस्रो भएको थियो । नेपालले प्रतियोगितामा ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकाल्यो ।
नेपालले माल्दिभ्ससँग ४७–५१ को पराजय बेहोर्दा श्रीलंकालाई ५५–४९ तथा भुटानलाई ६५(२६ ले हरायो । चार राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा माल्दिभ्स र भुटान प्रतिस्पर्धा गर्नेछन् ।






