जलाशय सुकेपछि ३४०० वर्ष पुरानो दरबार निस्कियो !

इराकको कुर्दिस्तान क्षेत्रको जलाशय सुकेपछि त्यहाँ अवस्थित ३४०० वर्ष पुरानो दरबार निस्किएको छ । खडेरीका कारण पानीको सतह कम हुँदै गएकाले नै ‘मोसुल ड्याम’ जलाशय क्षेत्रमा टिग्रिस नदि स्थित ‘मितानी एम्पायर’ बारे बुझ्न पुरातत्व खोजी सुरु गरिएको हो । कुर्दिश–जर्मन अनुसन्धान टोलीले पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । मितानी एम्पायर पूर्वसँग नजिक प्राचीनकालको सबैभन्दा कम अनुसन्धान गरिएको एम्पायरमा पर्दछ ।
यसरी यो खोजलाई पछिल्लो दशकको महत्वपूर्ण पुरातात्विक खोज मानिएको कुर्दिश पुरातत्वविद् हसन एहमद कासिमले पत्रकार सम्मेलनमा बताएका हुन् । सो दरबार प्रारम्भमा नदिको ६५ फिटमा एउटा उँचो टेरेसमा थियो र सो भवनलाई स्थायी राख्नका लागि माटोका इट्टाहरु पछि राखिएको थियो । ‘युनिभर्सिटी अफ टुबिजेन्स इन्सटिटीउट फर एन्सियन्ट नियर इन्सर्ट स्टडिज’ की पुरातत्वविद् इभाना पुलिजिजले ‘केम्युन’ नामक सो दरबारलाई माटोको इट्टाले अत्यन्तै ध्यानपूर्वक निर्माण गरिएको भवनका रुपमा व्याख्या गरेकी छन् जसको पर्खाल २ मिटर मोटो र कुनैकुनै दुई मिटर भन्दा अग्लो भएको उनले बताएकी हुन् ।
यसका साथै अनुसन्धान टोलीले रातो र नीलो सेडका पेन्टिङहरु पनि फेला पारेका हुन् जुन त्यसबेलाका प्रायः सबै दरबारमा राखिन्थे तर संरक्षित अवस्थामा भने कमै भेटिने गरेका छन् । पत्रकार सम्मेलनका क्रममा उनले भनेकी छन्, ‘केम्युनमा वाल पेन्टिङ भेटिनु पुरातात्विक चमत्कार हो । किनकी केम्युन सो क्षेत्रको दोस्रो साइट हो जसमा मितानी कालको वाल पेन्टिङ फेला परेको छ । ’
त्यसैगरी दशवटा माटोका ट्याबलेटमा क्युनिफर्म पनि फेला पारिएको हो जुन प्राचीन समयको लेखन प्रणाली हो । त्यसमा लेखिएका अक्षरहको उच्च गुणस्तरीय तस्बिर अहिले अनुवादका लागि जर्मनी पठाइएको छ । पुल्जिजले सिएनएनसँग भनेकी छन्, “त्यहाँ लेखिएका कुराबाट हामीले मितानी एम्पायरको संरचना, त्यसको आर्थिक संगठन, छिमेकी क्षेत्रका प्रशासनिक केन्द्र र मितानी मुद्राबीचको सम्बन्धबारे जानकारी हासिल गर्ने अपेक्षा गरेका छौँ ।” पुरातत्वविद्हरु पहिलोपटक सो क्षेत्रबारे २०१० मा थाहा पाएका थिए जसबेला त्यहाँ पानीको सतह कम थियो तरपनि उनीहरु राम्रोसँग भित्री रुपमा खोजेर अध्ययन गर्न पाएको यो पहिलोपटक हो । तर उत्खनन गरिएको केही समयमै सो क्षेत्र फेरि डुबिसकेको हुँदा अब त्यो फेरि कहिले निस्किन्छ भन्ने स्पष्ट नभएको उनी बताउँछिन् । साथै त्यहाँ खोजी गर्ने कार्य सम्पन्न भएपछि इराकी सुरक्षा बलले मोसुललाई आइएस आइएसबाट फिर्ता लिन सुरु गरेको हो । सीएनएनबाट