साबा बास्केटबलमा नेपाल पहिलाे खेलमै पराजित
नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपकाे पहिलाे खेलमै पराजित भएकाे छ । नेपाल गएरातिकाे खेलमा घरेलु टाेलीसँग ४७–५१ ले पराजित भएकाे हाे ।
पहिलाे क्वार्टर १४–१६ ले गुमाएकाे नेपालले त्यसपछिका दुई क्वार्टर १०–९, १२–९ ले आफ्नो पक्षमा पारेकाे थियाे । तर, चाैथाे तथा अन्तिम क्वार्टरमा ११–१७ ले पछि पर्दै नेपालले खेल समग्रमा ४७–५१ ले गुमाउन पुग्याे ।
अघिल्लाे संस्करणमा नेपालले माल्दिभ्सविरुद्व ७७–३६ काे जित निकालेकाे थियाे । दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेकाे च्याम्पियनसिपमा नेपालले दोस्रो खेल ११ असोजमा श्रीलंकासँग खेल्नेछ ।






