भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी

जनपत्र
२२ असार २०७६, आईतवार ०६:३३

रतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ ।

‘कालिमाटीमा आउने सबैजसो तरकारी भारतकै हो’ कृषिविज्ञ कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘जसमा ९० प्रतिशतसम्म विषादी मिसाइएको छ । स्वास्थ्यका दृष्टिकोणले खान योग्य छैन ।’

लामो समयदेखि अत्याधिक विषादी मिसाइएको तरकारी आइरहेको भए पनि सरकारले बल्ल विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । तर शुक्रबार भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो ।

यसले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ । स्वदेशी किसान मारमा परेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ‘साहसिक कदम’लाई कार्यान्वयन गर्न नसक्नुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फेरि आलोचित बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*