बुवालाई सुर्ती किन्न पठाएर आमाको हत्या

जनपत्र
२१ असार २०७६, शनिबार ०६:२०

सप्तरी जिल्लाको पश्चिम उत्तरी भेगमा पर्ने सुरुङ्गा नगरपालिका १ चहका गाउँको ढेडवा टोलमा बृद्धवयकी आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरी सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार आमाको हत्या आरोपमा पक्राउ परेका सुरुङ्गा नगरपालिका १ चहका बस्ने लोकबहादुर मगरका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो। आफ्नै घरमा बसिरेहकी ६५ वर्षीया आमा धनमाया पुलामी मगरलाई टाउको र अनुहारमा खुकुरी प्रहार गरी हत्या गरेको रिठ्ठेले प्रारम्भिक बयानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*