खेत जोत्ने क्रममा बालकको मृत्यु

जनपत्र
२१ असार २०७६, शनिबार ०६:१०

घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् । ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक जनालाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परी १४ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका ११ वर्षीय सुभास चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ । सुभासको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बेलुकी करीब साढे ५ बजेको समयमा रा१त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*