प्रदेश सरकारको कामले अब तिब्र गति लिन्छ–मन्त्री नेपाल

जनपत्र
२० असार २०७६, शुक्रबार २०:३६

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा आज प्रदेश बजार, व्यापार तथा उपभोक्ता हितको कानुन, संरचना तथा कार्यान्वयन सम्बन्धी अन्तक्रिया कार्यक्रम भएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, प्रदेश नम्बर ३, हेटौंडाको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावराण मन्त्री अरुण प्रसाद नेपालले मन्त्रालय शुन्यको अवस्थाबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले गोरेटो निर्माणको काम गरेको बताउनुभएको छ । अब कामले तिब्र गतिमा अगाडी बढ्ने उहाँले वताउनुभयो ।

कार्यक्रममा मन्त्री नेपालले भन्नुभयो–‘ आत्म निर्भर बन्ने नाममा, छिटो फाइदा आर्जन गर्नको निम्ति खाद्य पदार्थमा स्वास्थ्यलाइ प्रतिकुल असर गर्ने विषादि र केमिकलहरु प्रयोग भैरहेको जन गुनासो छ, यसलाइ नियन्त्रण गरिन्छ ।’ उपभोक्ता हक हितका सम्बन्धमा सरोकारवाला विज्ञ साथिहरुको सुझावका आधारमा नीति, कानुन र योजना निर्माण गरिने मन्त्री नेपालले वताउनुभयो ।

दुईदिन सम्म चल्ने कार्यक्रममा प्रदेश नम्बर ३ को प्रदेश सभाका समितिका सभापति माधव प्रसाद पौडेल, उद्योग, पर्यटन, वन तथा वातावराण मन्त्रालयका सचिव शिव कुमार वाग्ले लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*