९ महिने शिशुको ‘वलात्कार’ आरोपमा १४ वर्षीय किशोर पक्राउ

जनपत्र
२० असार २०७६, शुक्रबार ०६:३२

नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको  भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*