नेकपा एकता : टुंगियो सुनसरीका स्थानीय कमिटीको एकता, अध्यक्ष र सचिवमा भागबन्डा

जनपत्र
२० असार २०७६, शुक्रबार ०६:२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको स्थानीयतहको कमिटी टुङ्गो लागेको छ। नेकपा प्रदेश कमिटीको बिहीबार बसेको बैठकले सुनसरीका १२ वटै स्थानीय कमिटीको जिम्वेवारी टुङ्गो लगाएको हो।  यसमध्ये ७ स्थानीय तहमा पूर्व एमाले र ५ स्थानीयतहमा पूर्व माओवादी केन्द्रले अध्यक्षको जिम्वेवारी पाउने गरी भागबण्डा गरिएको छ। त्यस्तै ७ स्थानीयतहका सचिव पूर्व माओवादी केन्द्रका र ५ स्थानीयतहका सचिव पूर्व एमालेका रहने गरी एकता प्रकृया टुङ्गो लागेको हो। सोही अनुसार भागबण्डा गर्दै वडा कमिटी पनि विस्तार गरिने नेकपाको प्रदेश सचिवालयले जनाएको छ।

पूर्व माकेले पाएको थप ३ स्थानीय तहको अध्यक्षमा गढी, देवानगंज र भोक्राहनरसींह गाउँपालिका रहेका छन्। जसमा क्रमश खगेन्द्र चौधरी, भिमनन्दन शर्मा र हेमनारायण मण्डल रहेका छन्। उता ती गाउँपालिकाको सचिवमा पूर्व एमाले बाट क्रमश प्रभाकर माझी, मानोज कुमार मण्डल र रामकुमार मेहता रहेका छन्। सुनसरी जिल्ला लाल किल्ला भन्ने नारा लिएर पार्टी अघि बढेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*