घर छोड्दा पुरुष सुरेन्द्र कसरी महिला बनाइए ?

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २४ वर्षीय सुरेन्द्र सिंह माल ४ वर्ष अघि भारत जाँदा युवक थिए । तर, केही दिन अघि घर फर्किदा उनको नाम प्रिया कौर मात्रै भएन उनी पूरै युवतीका रुपमा फर्किए ।यो परिर्वतन परिवारका लागि मात्रै आश्चार्यजनक छैन, सुरेन्द्र आफै पनि पीडामा गुज्रिरहेका छन् । सोही कारण अहिले उनले इलाका प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती आफ्नो लिंग परिर्वत गर्ने व्यक्तिको खोजी गरी कारवाही गर्न उजुरी दिएका छन् ।
भारतमा हुँदा उनलाई जबरजस्ती सुई र औषधि प्रयोग गरी हर्मोननै परिर्वतन गराएकाले अहिले सबै चालाढाल केटीको जस्तो भएको बताउँछन् । उनको आवाज भने परिर्वतन भएको छैन । उनी भारतका विभिन्न स्थानमा केटालाई केटीमा परिवर्तन गरी नचाउने धन्दाको शिकार भएको बताउँछन् । उनलाई भारतका उत्तर प्रदेशका इलयास भन्ने व्यक्तिले लिंग परिवर्तन गराएको सुरेन्द्रले बताएका छन् ।