हेटौंडामा महिलाहरुको एउटै स्वर, अन्त्राष्ट्रिय स्तरमा भएका संझौता कार्यान्वयन भएन

हेटौंडा । नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा गरेको सन्धी संझौताहरु अझै पनि पुरा गर्न नसकेको आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । अन्तराष्ट्रिय संयन्त्रः आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र महिला बिरुद्ध भेदभाव उन्मुलन (सिड) समितिले नेपाल सरकारलाई दिएको निस्कर्ष सुझाव कार्यान्वयनका सन्धर्वमा आज हेटौंडामा आयोजित कार्यशाला गोष्ठीका अवसरमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।
प्लान इन्टरनेस्नल नेपाल र सिवीन नेपाल मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का सांसद मुनु सिग्देलले अहिले महिलाहरुले प्राप्त गरेको अधिकार अग्रज महिलाहरुको आन्दोलनका कारण भएको बताउनुभयो । अहिले पनि शहर र गाउँमा वाल विवाह ब्याप्त रहेको बताउनुभयो ।
वाल विवाहका कारण समाज परिवार विखण्डनतिर गएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनीले महिलाहरुका निम्ती अन्तराष्ट्रिय क्षेत्रमा धेरै खालका सन्धी महासन्धीमा हस्ताक्षर भएको र नेपालमा कानुन पनि नबनेको छ, तर, कार्यान्वयन भने नभएको उहाँले बताउनुभयो । सिवीनका प्रमुख झविन्द्र ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, बकैयाँ गाउँपालिकाका उपाध्यक्ष सरला वोलखे लगायतकाको सहभागिता रहेको थियो ।